२० फागुन, धादिङ – एनसेल सप धादिङको आयोजनामा बिहिबारदेखि सेल्फी फोटो प्रतियोगीता सुरु भएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग र युवाहरुको आवश्यकतालाई मध्यनजर गर्दै प्रतियोगीताको आयोजना गरिएको एनसेल सप धादिङका प्रोपाइटर बलराम नेपालले जानकारी दिए । प्रतियोगीतामा पाविलन्युज डटकम pabilnews.com अनलाइन र रेडियो धादिङले मिडिया मिडिया पार्टनर गरेको छ ।
प्रतियोगीतामा कसरी भाग लिने
सेल्फी फोटो प्रतियोगीतामा भाग लिनका लागि आफ्नो सेल्फि फोटो सहित नाम, ठेगाना र सम्पर्क नम्बर फागुन २० गतेदेखि चैत २९ गतेसम्म पठाउनु पर्नेछ । सेल्फि फोटो पठाउनका लागि Ncell Shop Dhading को अफिसियल फेसबुक पेजको इनबक्समा पठाउनुपर्नेछ । प्रतियोगीतामा सहभागी हुनेहरुले अनिवार्य रुपमा Ncell Shop Dhading फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ ।
विजेता कसरी हुने
फेसबुकमा आएको लाइकको आधारमा विजेता छनोट गरिनेछ । जुन प्रतियोगीको फोटोमा धेरै लाइक आउँछ उ नै विजयी हुन्छ । प्रतियोगीतामा विभिन्न एप्स लगायत अन्य माध्यमबाट आएको लाइकलाई मान्यता दिने छैन । त्यस्तो कार्य गर्ने प्रतियोगीलाई प्रतियोगीताबाट हटाइने छ ।
विजेताले के के पाउँछन् ?
प्रतियोगीतामा सहभागी भई सबैभन्दा धेरै लाइक आएका ५ जनालाई पुरस्कार प्रदान गरिनेछ । पुरस्कारहर निम्न रहेका छन् ।
प्रथम पुरस्कार : २६ सय पर्ने सेल्फी स्टिक
द्धितीय पुरस्कार : १८ सय पर्ने सेल्फी स्टिक
तृतीय पुरस्कार : १२ सय पर्ने सेल्फी स्टिक
चौथो पुरस्कार : ८ सय पर्ने सेल्फी स्टिक
पाँचौँ पुरस्कार : ५ सय पर्ने सेल्फी स्टिक