Sun. Mar 16th, 2025

सेल्फी खिच्ने क्रममा नदीमा डुबेर बेपत्ता युवतीको शव फेला

narayani

२० फागुन रत्ननगर (चितवन) –  चितवनस्थित नारायणी नदी किनारमा सेल्फी खिच्ने क्रममा नदीमा डुबेर बेपत्ता युवतीको शव बिहीबार बिहान फेला परेको छ । पाँच दिनपछि उनको शव फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ ।

वडा प्रहरी कार्यालय नारायणगढ चितवनका प्रहरी टोलीले नारायणी नदी किनारमा ती किशोरीको शव फेला पारेको हो ।

गएको आइतबार गैँडाकोटकी १८ वर्षीया स्मिता ज्ञवाली नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर नदीमा खसेकी थिइन् । त्यसपछि उनको अवस्था अज्ञात थियो ।

उनको खोजीका लागि प्रहरी र स्थानीयवासी सक्रिय भएका थिए । प्रहरीले खोजीका क्रममा आज बिहान करिब ५ बजेतिर उनको शव फेला पारेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

घटनास्थलभन्दा करिब ५० मिटर तल शव फेला परेको उनले जानकारी दिए।

आइतबार दुई किशोरी नदीमा खसेकामध्ये एकजनाको उद्धार भए पनि एकजना बेपत्ता भएकी थिइन् ।

गैँडाकोट–१६ की १९ वर्षीया नम्रता सापकोटाको घटनाभएकै दिन जीवितै उद्धार भएको थियो । रासस

About The Author

अन्य समाचारहरु: