Sun. Mar 16th, 2025

ढुङ्गा, माटोको प्रयोगले गोरखामा भूकम्प प्रतिरोधी घर बनाइयो

Ghar२० फाुगन गोरखा– ढुङ्गा, माटो र काठको प्रयोगले गोरखाको खोप्लाङ गाविस –९ स्थित ठूलोगैरीमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ । स्थानीयस्तरमा पाइने सामग्री (ढुङ्गा, माटो र काठ) को प्रयोग गरेर कामदारले दुईकोठे भवन निर्माण गरेका हुन् ।

जिल्लास्थित घरेलु तथा साना उद्योग विकास समितिबाट ४५ दिने डकर्मी तालिम लिएका दक्ष कामदारले भूकम्प प्रतिरोधी भवन निर्माण गरेको समितिका उद्योग अधिकृत गोकर्णराज जोशीले जानकारी दिए । चार जना महिलासहित १६ जना पुरुष कामदारले एक महिना अवधि लगाएर भवन निर्माण गरेका हुन् ।

भूकम्पले भत्काएको अन्नपूर्ण सामुदायिक महिला समूहको भवन निर्माण गरिएको हो । समितिले सञ्चालन गरेको तालिमबाट सिकेको ज्ञानले भवन निर्माण गरेको कामदार महिला निर्जला बाठा मगरको भनाइ छ । “तालिमबाट सिकेको ज्ञानले बलियो भवन बनाइयो”– उनीले भनिन– “भूकम्प जाँदा नभत्कने गरी भवन बनाएका छौँ ।” पुरुषसरह काम गर्नसक्ने भन्दै मगरले भवन छाउँदा केही समस्या भोग्नुपरेको गुनासो गर्नुभयो ।

गाउँका युवा रोजगारीका क्रममा विभिन्न देशमा पुगेका छन् । भूकम्पले भत्काएका घर तथा भवन पुनःनिर्माणमा ढिलाइ भएको छ भने अर्कातिर कामदारको अभाव छ । त्यस्तै धराप संरचना तह लगाउन गाउँमा कामदार छैनन् । भूकम्पले भत्काएको पुरानो घरको काठपात, माटो र ढुङ्गाको प्रयोग गर्दा पनि रु दुई लाखमा घर नबन्ने गाउँलेको भनाइ छ ।

बाहिरबाट हेर्दा पुरानै शैलीमा निर्माण भएजस्तो देखिने भवनको जगदेखि धुरीसम्म भूकम्प प्रतिरोधी बनाइएको छ । जगमा सिमेन्ट, बालुवाको प्रयोग गरिएको छ भने झ्याल, ढोका र गाह्रोको बीचमा पनि सिमेन्ट, बालुवाको प्रयोग गरिएको भवन निर्माणमा प्रत्यक्ष रुपमा खटिएका प्राविधिक अजय विष्टले बताए ।

About The Author

अन्य समाचारहरु: