२० फागुन, काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आइतबारदेखि आफ्नो पेट्रोल पम्पबाट २४ घण्टा इन्धन दिन निर्देशन दिएको छ ।
सर्वसाधारणको सहजताका लागि जुनसुकै बेला इन्धन वितरण गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताएको छ ।
उपत्यकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुई दुईवटा पेट्रोल पम्प छन् । नेपाल प्रहरीको नक्साल र सामाखुसी तथा सशस्त्र प्रहरीको हलचोक र भक्तपुरमा पम्प छ ।
आयल निगमसँग आवश्यकताअनुसार इन्धन लिएर प्रहरीका पम्पबाट २४ घण्टा वितरणका लागि गृहले निर्देशन दिएको हो । नयाँ पत्रिकाबाट