उत्तम कडेल –
फोनको घण्टी वजेछ र थाकेछ । थाके पछि त्योस्वतः मिस कलको खातामा जान्छ ।त्यो सवैलाई थाहा भएकै विषयवस्तु हो । निकै वेर पछि थाहा भयो, विरहीको फोन रहेछ । म प्रायः मिस कल फर्काउने गर्छु । पछि आफ्नो ‘देव्रे आँखा’ विमोचनको सन्दर्भमा प्रकृती–मानव केन्द्रीत जनअभियानटिमलाई निमन्त्रणा दिनउनले फोन गरेकारहेछन्।निमन्त्रणा सहर्ष स्विकार गरियो ।
विरहीसँगको चिनजान धेरै पुरानो भएको छैन । त्यस्तै चारपाँच वर्ष भएको हुँदो हो । प्रकृती–मानव केन्द्रीत जनअभियानका विभिन्न कार्यक्रमहरुमा भारत जादाआउदा हाम्रो चिनजान भएको थियो । त्यस पछि हामी छिट्टै आत्मीय बनेका थियौ । हुँदा हुँदा आज उनीसंस्थाको महासचिव र म त्यसको अध्यक्ष भएको छु ।
विरही एक सिद्धहस्त कवि हुन् । त्यसो त उनको परिचय पत्रकार र निवन्धकारमा पनि दरिन्छ । संस्थाको महासचिवको हैसियतमाउनि एक सामाजिक अभियन्ता पनि हुन् ।म उनको लेखकीय क्षमतावाट निकै प्रभावित थिए र छु । भेटेसम्म म उनको रचना पढ्छु र भेट्ने वित्तिकै प्रतिक्रिया दिने गर्छु ।
मसँग समय र खर्च दुवै अभाव थियो । ‘दुई पैसाको आम्दानी छैन कती हिड्न सकेको ?’ वुढीको सदावहार कचकच छदै थियो । तर पनि ‘देव्रे आँखा’ हेर्ने ईच्छाले म यही फल्गुण ८ गते काठमाण्डौ पुगे ।
समयमै पुग्दा पनि कार्यक्रमको सुरसारै थिएन । विरहीसँग हात मिलाएर आफ्नो उपस्थीति जनाए । खाली समय पनि निरस थिएन । लेखक एवं मित्र नारायण ढकाल लगायत कैयौ चिरपरिचित साथीहरु विचपुरानो स्मृतीको पानाहरु पल्टाउदा पल्टाउदै समय बितेको पत्तै भएन।
एउटा सानो र अव्यवस्थित हलमा छोटो तर रोचक कार्यक्रम शुरु भयो । हलमा श्रोताहरु खचाखच थिए ।धेरै श्रोताहरुले जस्तै मैले पनि वस्ने सिट पाईन, उभिरहे । कार्यक्रममा कविहरु श्यामल, नारायण र विरहीले मन्तव्य राखे । उद्घोषक पनि मिठा वक्ता रहेछन् । कार्यक्रम सकियो । फर्कदै गर्दा पुस्तकको संक्षिप्त समिक्षा र वक्ताहरुको रोचक प्रस्तुतीले माथिङगल रिङगाई रहयो । कुराको चुरो भित्र छिर्दै जादा म भिड र हल्ला भित्र वाटाभरीहराई रहे ।
कार्यक्रममा एकजना वक्ताको धारणा विरहीकानिवन्धहरु कविता जस्तै छन्भन्ने थियो । त्यसो भए निवन्ध र कविताको नयाँ परिभाषा आउनु पर्छ भन्ने अर्का वक्ताको धारणा थियो । मलाई भने कविता जस्तो निवन्ध कस्तो होला ? कला र विचारको संयोजन कती सुन्दर होला?मनमा कसैले मिठो कविता वाचन गरिरहेको अनुभुती भयो । त्यतिवेला मेरो मन भने देवे्र आँखामा झुण्डीरहेको थियो ।
गत मे महिनाको कुरा हो । संस्थाको भारत युनिटको जम्मु सम्मेलनमा पुगेको थिए ।युनिटका अध्यक्ष सज्जन कुमारसँग भेट भयो । भेटहुँदा उनिदिवंगत आर.पी. शर्राफको अङग्रेजी सङकलन पढिरहेका थिए । म पनि पुस्तकको अध्ययनमा सामेल भए । शर्राफका हरेक शव्दहरु गहन छन् । उनका हरेक वाक्यहरु कविता जस्तै मिठा छन् भन्दैसज्जनले पुस्तकका कैयौ हरफहरु पढेर सुनाए । हुन पनिशर्राफका विचार र लेखकिय क्षमता अद्वितिय थियो ।
सहि विषय वस्तुलाई कविता जस्तै मिठो शैलीमा प्रस्तुत गर्न सकियो भने त्यसले पाठकहरुको मन तान्छ । शर्राफ र विरहीका सन्दर्भ वेग्ला वेग्लै होलान्। लेखकीय शक्ती पनि तलमाथी होलान् । तर मेरो मनले उनीहरु दुवैको लेखकीय शक्तीलाईसलाम गरिरहयो ।
कार्यक्रममा निवन्धकार विरहीले छोटो तर सारगर्भीत मन्तव्य राखेका थिए । त्यो पनि मन छुने शैलीमा । उनको भनाई अनुसारआफुलाई जहिल्यैरातोरङग मन पर्छ। त्यो पनि छ्यङग देखाउनु पर्ने । अझपनि रातो कै पक्षपातीहुँ । तर विचारलाई भड्काउको रुपमा होईन जिवन दर्शनको रुपमा लिनु पर्छ ।अनावस्यक भड्काउपूर्ण सोचाईले व्यक्ती र समाजलाई कही पु¥याउदैन ।केवल प्रतिगमनलाई मात्र सघाउ पु¥याउछ ।नेपाली वाम आन्दोलन अझसम्म आक्रोस, उत्तेजना र भड्काउले निर्देशित छ । विश्व कम्युनिष्ट आन्दोलनको वर्तमान हविगत पनि यस्तै हो । सायद विरहीले यही कुरालाई सङकेत गरेका थिए ।
वाम आन्दोलनको एक निरन्तर यात्रीको नाताले मलाई विरहीको त्यो विचारले निकैवेर उद्वेलित वनाईरहयो । जिवनमा मैले पनि जहाँ वढी रातो देखे त्यतै तिर दौडिएर आफुलाई वर्वाद गरेको थिए । विरहीकोअनुभव मेरो पनि अनुभव थियो । यस्तो अनुभव भएका अनेक कार्यकर्ताहरु छन् । यस्ता अनुभवहरुको सङकलनर वस्तुनिष्ठ संश्लेषण गर्ने हो भने कम्युनिष्ट आन्दोलनले आफुलाई सच्याउनैपर्छ । तर आजको वाम नेता र उनका सिमालाई हेर्दा अझै बुद्धी फिर्ला जस्तो छैन । उनीहरुमा विरहीले भने जस्तै वढी रातो देखाउने होड छ । समय र अवस्था अनुसारकोपरिवर्तन छैन । जसले उनीहरुलाई गतिहिनता, गोलचक्कर र कुवाटोमा फसाईरहेछ ।
एकातिर कलाको कोणवाट कविता जस्तो सलल वगेको र अर्कोतिर विचारको हिसावले राजनीति र त्यसमा पनि वाम राजनीतिको सुन्दरआत्मसमीक्षाभएको हुनाले विमोचन समारोहमा वक्ताहरुकोदेव्रे आँखा प्रति सुक्ष्मदृष्ट्रीकोण थियो ।
विमोचन भएको केही दिनमै मैले पुस्तक पढ्न थाले । शुरु गरेपछि छोड्न मन लागेन । जती पढयो त्यतीत्यती अम्मली बनायो मलाई,पुस्तकले । मानौ भोकाएको व्यक्तीले थालभरीको मिष्ठान्न भोजन पाएको छ । कवि नारायण ढकालले यो पुस्तक छ दिन लगाएर पढ्ने योजना वनाएकारहेछन् । तर शुरु गरेको चौविस घण्टामा अन्त भएछ । मलाई त पुस्तकले यती तान्यो कि केही घण्टाहरुमै पानाहरु सकिए ।
वस्तु जस्तो छ त्यस्तैदेखिनको लागी मानिसले दुवै आँखावाट हेर्नु पर्छ । एउटावाट मात्र हेरियो भने वस्तुको सही चित्रण नहुन सक्छ । विरहीले दुवै आँखावाट विषयलाई हेरेका छन् । तर एउटा आँखा त्यसमा पनि देवे्र आँखावाट मात्र विषयलाई हेर्न मन पराउने तत्वलाई विरहीले द¥हो झापड दिएका छन् । अर्को कुरा वामहरुको सम्वेदनसिलअङगमासुमसुम्याउने विरोधीहरुको कारणले पनि कम्युनिष्टहरु झन् देव्रेवादी बनेका हुन सक्छन् ।जुन कुरा देव्रे आँखाले नदेखे पनि दैनिक घटनाक्रमले प्रष्ट्र पारेको छ ।
निवन्ध पढ्दै जादा विचमा एक ठाँउमाठेस लागे जस्तो पनि भयो । ‘चालिस वर्ष पछि’ शिर्षकको निवन्ध अन्यको तुलनामा सामान्य थियो । अर्को एक दोवाटोमा पुस्तक अल्मलिएको देखियो । ‘…दरवार निकटस्थ तर सत्ता विरोधी… पत्रिका…’ भन्ने शव्दले सरकार र सत्तालाई समानान्तर बनाएको देखे । जुन अल्मल हो या अज्ञानता हो वुझ्न सकिन । तर समग्रमा गाडी कतै रोकिएन । लगातार गुडिरहयो । ईतिहासदेखी वर्तमानसम्मको यात्रा निकै रोचक थियो । घोचक पनि थियो । पुस्तकमा वर्णन गरिएका स्थानहरु आफै प्रत्यक्ष घुमे जस्तो । पात्रहरुको चरित्र वर्णन आफैले भोगे जस्तो । घटनाको वर्णन आफै सहभागी भए जस्तो । क्या दामी रहेछ पुस्तक । हुन पनि श्यामलले भने जस्तै ‘अनुभव आधारित निवन्ध अरु कसैले त्यही गहिराईका साथ लेख्न सम्भव हुन्न ।’ जुन विरहीवाट सम्भव थियो ।
कुनै कुनै पुस्तकले जिवनभरी प्रभाव छोड्छन् । कुनैले एउटा कालखण्ड सम्म त कुनैले क्षणिक मात्र । ‘देव्रे आँखा’ले कती प्रभाव छोड्ला, त्यो त म भन्न सक्तीन तर ताजै भएर होला प्रेमीप्रेमीकाले एकआपसमा जुनी भरीलाई कसम खाए जस्तो भएको छ, मलाई ।
मलाई रक्सी पटक्क मन पर्दैन । भट्टीको रक्सी र सिग्रेटको धुँवा मिसिएर आउने दुर्गन्धले त वाक्क नै गराउछ । मादक पदार्थ आस्था र विश्वास विरोधी कुरा मात्रै होईन स्वास्थ्यको लागी पनि हानिकारकछ भन्ने स्कुलीङको कारण लामो समय देखी म त्यस्तो विषयवाट टाढै छु । विरही कहिले काँही रक्सी पिउछन् । सिग्रेट त उनको सदावहार आदत नै हो । तर कितावमा विरहीले रक्सी र धुम्रपानको सन्दर्भ जताततै उठाएका छन् ।विरहीले आदतलाई मिठो शब्दमा उल्लेख गरेका छन्। मानौ त्यो यस्तो आदत हो जस्ले मिठा शब्दहरु उत्पादन गर्छन् । दिमागवाट फुत्त झरेरआखिरमा एउटा सुन्दर निवन्ध तयार हुन्छ । यदी मैले पनि पिए भने त्यस्तै शब्दहरु निस्कन्छन् किजस्तो भान भयो मलाइ ।तर पुस्तक पढे पछि रक्सी प्रतिको देव्रेवादी धारणा चाही हटेकोछ।
धन्यवाद विरहीजी, सुन्दर कृतीको लागी । उत्तरोत्तर प्रगतीको कामना ।