१९ फागुन, धादिङबेसी– धादिङको गुम्दी गाउँ विकास समिति वडा नम्बर ३ मा मंगलबार साँझ आगलागी हुँदा दुई जना घाईते भएका छन् । स्थानीय गंगा बहादुर गुरुङको घरमा एक्कासी आगलागी हँुदा बुहारी प्रमिशा गुरुङ र गँगा बहादुर गुरुङ सामान्य घाईते भएका नेपाल रेडक्रस सोसाईटी गुम्दी उपशाखाका सभापति बहादुर सिंह घलेले जानकारी दिनुभयो ।
आगलागीबाट नगद १ लाख ७ हजार, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको छ । बैशाख १२ गतेको विनाशकारी भुकम्पले घर भत्काएपछि अस्थाई टहरोमा बस्दै आएका गुरुङ परिवार अहिले समस्यामा परेका छन् । आगो लाग्नुको कारण भने अहिले सम्म खुल्न सकेको छैन ।