Sun. Mar 16th, 2025

धुषाको चेपाङबस्तीमा खानेपानी आयोजना सञ्चालन

Khanepani

१८ फागुन धादिङ   – धादिङ जिल्लाको धुषा गाउँ विकास समिति वडा नम्वर ४ दुङबाङमा सञ्चालन गरिएको जलदेवी प्रावि खानेपानी आयोजनाको काम तिव्र रुपमा सञ्चालन भइरहेको छ ।

चेपाङबस्तीमा खानेपानीको समस्या देखा पर्न थालेपछि अक्सफाम र फोकस नेपालको साझदोरीमा त्यस क्षेत्रमा खानेपानीको आयोजना सञ्चालन गरिएको हो ।

१५ घर चेपाङ समुदाय र स्थानीय जलदेवि प्राथमिक विद्यालयको लागि लक्षित गरी निर्माण सुरु गरिएको खानेपानी आयोजनाको काम अहिले तीब्र रुपमा सञ्चालन भइरहेको छ ।

गत माघ १६ गतेबाट निर्माण सुुरु भएको खानेपानी आयोजनाको काम अन्तर्गत रिजर्भवेयर ट्यांकी र धारा निर्माणको काम भइरहेको छ । आयोजना अन्तर्गत ४ घनमिटरको ट्यांकी निर्माण भइसकेको छ । आयोजनाको कुल लागत १२ लाख ६२ हजार ९ सय ७७ रुपैँया रहेको फोकस नेपालका इन्जिनियर रवि अधिकारीले बताए ।

About The Author

अन्य समाचारहरु: