१८ फागुन, धादिङ – उत्तरी धादिङको सत्यदेवी र त्रिपुरेश्वर गाँउ विकास समितिका स्थनीयहरुलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले नगद सहयोग प्रद्यान गरिएको छ ।
एक्सन नेपाल र अक्सफामको साझेदारीमा संचालित खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम अन्र्तगत संचालन भईरहेका विभिन्न क्रियाकलापहरुको नगद वितरण गरिएको हो । भुकम्पबाट पीडित परिवारहरुको आपतकालिन खाद्य सुरक्षालाई सहज बनाउनका लागि स्थानीयलाई नगद वितरण गरिएको हो ।
यस परियोजनाबाट सत्यदेवी र त्रिपुरेश्वर गाविसमा कामका लागि नगद कार्यक्रममा १० हजार ५ सय ७५ जनालाई १५ दिनको रकम वितरण गरिएको छ । सो रकम ५ सय २५ का दरले रु ७ हजार ८ सय ७५ वितरण गरिएको हो । अति असाहृय परिवारको सहयोगका लागि २ सय ६ घरधुरीलाई वितरण गरिएको एक्सन नेपालका कार्यक्रम अधिकृत श्यामकृष्ण बजगाईले जानकारी दिए ।
दोस्रो चरण अन्र्तगत रु ७ हजार ५ सय, खुद्रा तथा साना पसल ९८ वटाका लागि पहिलो चरणमा रु १० हजार ५००, पशुपालन सहयोगमा १ सय ९१ परिवारलाई पहिलो चरण अन्र्तगत १० हजार ५०० जम्मा गरी १ करोड २८ लाख ८३ हजार ३ सय रुपैँया नगद वितरण गरिएको छ ।
कार्यक्रम सुरु भएपछि कामका लागि नगद कार्यक्रम, अति असाहायलाई सहयोग कार्यक्रम अन्तर्गतको दोस्रो चरणको र पशुपालन सहयोग तथा खुद्रा तथा साना पसल सहयोग कार्यक्रम अन्तर्गतको पहिलो चरणको रकम उपलब्ध गराइएको हो ।
एक्सन नेपाल र अक्सफामको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत सम्पन्न भएका क्रियाकलापमा सहभागि स्थानीयलाई नगद वितरण गरिएको हो । फागुन १५ गते त्रिपुरेश्वर गाविसको वडा नम्वर ३ को अचनेटारमा आयोजित कार्यक्रममा नगद वितरण गरिएको हो भने फागुन १६ गते सत्यदेवी गाविसको वडा नम्वर ७ बच्छलामा कार्यक्रम गरी क्रियाकलापमा सहभागि स्थानीयलाई नगद वितरण गरिएको हो । कामका लागि नगद कार्यक्रमबाट सो क्षेत्रका स्थानीय समुदायले आफ्नो समुदायको आवश्यकता र सामाजिक पूर्वाधारको विकासको लागि एक महिनामा २९ दिनसम्म काम गर्ने र सो काम बापतको ज्याला स्वरुप नगद समेत आउने भएपछि स्थानीयको आवश्यकता समेत पुरा भएको छ ।
यसमा पनि विशेष गरी भुकम्पबाट क्षति पुगेका साना सिञ्चाई आयोजनाको पुननिर्माण, मर्मत, एक समुदायबाट अर्को समुदायसम्म पुग्ने गोरेटो बाटो, काठे पुलहरु लगायतका सामाजिक काममा सहयोग गर्दै आएको एक्सन नेपालले जनाएको छ ।