Thu. Feb 27th, 2025

चितवन राष्ट्रिय निकुञ्जको गैंडा आज बर्दिया लगिँदै

gainda
१८ फागुन,  चितवन – चितवन राष्ट्रिय निकुञ्जको गैंडा मंगलबार बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिदैं छ ।

निकुञ्जमा रहेको पाँच वटा गैंडा स्थानान्तरण गर्न लागिएको हो । दुई पटक फागुन १८ र २२ गते गरी पाँचवटा गैंडा चितवनबाट बर्दिया लगिने भएको हो । फागुन १८ गते दुईवटा र फागुन २२ गते ३ वटा गैडा लगिने छ । ती मध्ये दुई भाले र तीन पोथी वयस्क गैंडा रहने निकुञ्जले जनाएको छ ।

गैंडा स्थानान्तरण गर्नका लागि चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु विशेषत्र डा कमल गैरेको नेतृत्वमा १२० जनाको प्राविधिक टोली खटिएको छ ।

गैंडा स्थानान्तरणका लागि निकुञ्जले ३० वटा हात्ती परिचालन गरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने सुकेभार क्षेत्रबाट गैंडा स्थानान्तरण गर्न लागिएको हो ।

About The Author

अन्य समाचारहरु: