Sat. Mar 15th, 2025

परिवारका १४ जनाको हत्या गरी आत्महत्या

hatya१६ फागुन, भारत– भारतको मुम्बइका एक व्यक्तिले परिवारका १४ जनाको हत्या गरेर आत्महत्या गरेका छन् । मुम्बइसँग जोडिएको ठाणेको कासारवडवालीका हसनैन वरेकरले आइतबार बिहान परिवारका १४ जनाको घाँटी रेटेर हत्या गरेका हुन् । परिवारका सदस्यको हत्या गरेपछि वरेकरले आत्महत्या गरेको प्रहरीले जनाएको छ । ज्यान जानेमा सात जना बालबालिका, ७ महिला र एक पुरुष छन् ।

गम्भीर घाइते भएकी एक महिलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । वरेकरले बालबच्चासहित माइती आएका सात जना बहिनी र उनीहरुका छोराछोरीको हत्या गरेका हुन् । प्रारम्भीक जाँच अनुसार उनले पारिवारीका विवादका कारण हत्या गरेको हुन सक्ने देखिएका ठाणे प्रहरीका आयुक्त परमवीर सिंहले बताउनुभयो । तर घटनाको खास कारणका अनुसन्धानपछि मात्रै खेल्ने उहाँले बताउनुभयो । वरेकर मुम्बइको एक निजी कम्पनीमा कार्यरत थिए ।

शनिबार राति अवेरसम्म उनको घरमा पार्टी चलेको थियो । राति एक बजेपछि मानिस कराएको आवजा आउन थालेको स्थानीय बासिन्दाले बताएका छन् । त्यसपछि वरेकरको घर नजिक छिमेकी जम्मा भएका थिए । उनीहरुले प्रहरीलाई जानकारी राएपछि घटनाबारे थाहा भएको हो । वरेकरले खानमा लठ्ठी ने सामग्री मिसाएर सबैलाई बेहोस बनाएपनि घाँटी रेटेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । सबैको हत्या गरेपछि वरेकरले झुण्डीएर आत्महत्या गरेका थिए ।
– एजेन्सीको सहयोगमा

About The Author

अन्य समाचारहरु: