Mon. Mar 3rd, 2025

नाकाबन्दी खुलेपनि इन्धन आपूर्ति अझै असहज

china

१६ फागुन, काठमाडौं – नाकाबन्दी खुलेपनि भारतबाट अझै सहजरुपमा इन्धन आपूर्ति हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि सहजरुपमा इन्धन आपूर्ति हुन्छ भन्ने सरकारको विश्लेषण गलत साबित भएको छ।

इन्धन आपूर्ति बढाउन इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग भरपर्दो वार्ता गर्न सरकार असफल भएकाले उपभोक्ता अहिले पनि इन्धनका लागि सास्ती बेहोर्न बाध्य छन्। सरकारले अहिले पनि मागभन्दा ३५ प्रतिशत कममात्रै इन्धन भित्र्याउन सकेको छ।

नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले आईओसीले ‘माथिको आदेश’ अनाएको भन्दै आपूर्ति परिणाम बढाउन आनाकानी गरिरहेको बताए। निगमका अनुसार मुलुकभर दैनिक पेट्रोल ११ लाख लिटर र डिजेल २७ लाख लिटरको माग छ।

सामान्य अवस्थामा यो मागको झन्डै ६६ प्रतिशत रक्सौल नाकाबाट आपूर्ति हुन्थ्यो। अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: