१५ फागुन, धादिङ – सदरमुकाम धादिङबेशीमा शुक्रबार जिल्लाका सरोकारवालाहरुबिच जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
वैठकमा अक्सफाम र एक्सन नेपालको साझेदारीमा जिल्लामा संचालित आपत्कालिन खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत त्रिपुरेश्वर र सत्यदेवी गाविसमा संचालित क्रियाकलापहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा एक्सन नेपालले अक्सफामसँगको साझेदारी संचालन गरिरहेका विभिन्न क्रियाकलापहरु “कामका लागि नगद”मा अति दयनिय परिवारमा सहयोग, पशुपालनमा सहयोग, खुद्रा पसल, समुहगत र काम गर्दा परेका समस्या र समाधानका लागि गरिएका प्रयत्नहरुको बारेमा छलफल भएको थियो ।
यसैगरि कार्यक्रमको बारेमा “आपत्कालिन खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रम”का कार्यक्रम अधिकृत श्याम कृष्ण बजगाईँले प्रस्तुती गरेका थिए । साथै कार्यक्रमलाई एक्सन नेपालका कार्यकारी निर्देशक गणेश ढुङ्गानाले सहजिकरण गरेका थिए । यसैबिच कार्यक्रमको फिल्ड अनुगमन गरिसकेका कृषि विकास कार्यालय धादिङका प्रमुख महेन्द्रराज कौडालले कार्यक्रम निक्कै अनुकरणीय रहेको बताए । त्यस्तै जिविस धादिङका विनोद अर्यालले एक्सन नेपालले संचालन गरिरहेका कार्यक्रम निकै उपलब्धिमुलक रहेको र यसरी नै संस्थालाई अगाडी बढाउँदै धादिङको विकासका लागि सहयोग गरिरहन अनुरोध गरे ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि अधिकृत महेन्द्रराज कौडाल, जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्याल, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, सत्यदेवी गा.वि.स.का सचिव दुर्गा प्रसाद रिजाल, त्रिपुरेश्वर गाविस लिलामणी वि.क का सचिव साथै जिल्लाका विभिन्न सहकारी, गैर सरकारी, अन्तर्राष्ट्रिय गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।