यस नीलकण्ठ नगरपालिका कार्यलयको आ.व. ०७२/०७३ का लागि योजना कार्यक्रम तर्जुमा गरी दोस्रो नगरपरिषद् तयारीका लागी तपशिलका वडाहरुमा निम्न मिति, समय र स्थानमा वडा भेला आयोजना गरिएकोले सम्पूर्ण राजनीतिक दल, टोल विकास संस्था, वडा नागरिक मञ्च/नागरिक सचेतना केन्द्रको बैठक बसी टोलमा छनौट भएका योजना सहित वडा भेलामा उपस्थितिको लागि सम्बन्धीत सम्पूर्ण दल, टोल विकास संस्था/वडा नागरिक मञ्च /नागरिक सचेतना केन्द्रहरुलाई पत्राचार समेत गरिसकेको हुदाँ कुनै कारणबस पत्र प्राप्त नभएतापनि यसै सुचनालाई आधार मानी वडा भेलामा उपस्थिति भई दिनुहुन अनुरोध गरिन्छ ।
तपशिल
क्र.स. वडा नं मिति समय स्थान
१. ८ २०७१ पौष १ गते दिनको बिहान १० बजे कुमाल गाँउ
२. ९ २०७१ पौष २ गते दिनको बिहान १० बजे पाल्पा भञ्ज्याङ
३. १० २०७१ पौष ३ गते दिनको बिहान १० बजे निगालपानी चौतारा
४. ११ २०७१ पौष २ गते दिनको बिहान १० बजे घुमाउने डाँडा
५. १२ २०७१ पौष ३ गते दिनको बिहान १० बजे रिजाल डाँडा
६. १३ २०७१ पौष १ गते दिनको बिहान १० बजे कालिका प्रा.वि.
७. ५ २०७१ मंसिर २७ गते दिनको बिहान १० बजे रघु नि.मा.वि. भोर्ले
८. ६ २०७१ मंसिर २८ गते दिनको बिहान १० बजे संयुक्त वडा कार्यलय सुनौला बजार
९. ७ २०७१ मंसिर २९ गते दिनको बिहान १० बजे कर्णेश्वर मा.वि. हिटी
१०ं १ २०७१ पौष २ गते दिनको बिहान १० बजे सिउडीबार
११. २ २०७१ पौष ३ गते दिनको बिहान १० बजे भवन घर
१२. ३ २०७१ पौष ५ गते दिनको बिहान १० बजे इजारा
१३. ४ २०७१ पौष ४ गते दिनको बिहान १० बजे एक्ले पिपल
विश्वराज मरासेनी
कार्यकारी अधिकृत