Tue. Nov 26th, 2024

धादिङका होटलहरुमा एउटै मूल्य निर्धारण (मूल्य सूची सहित)

सरिता श्रेष्ठ /  १२ फागुन,  धादिङ – धादिङ जिल्लामा सञ्चालन भइरहेका होटलहरुमा बिक्रि वितरण हुने खाद्य सामग्रीहरुको मूल्य सूचि निर्धारण गरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको अध्यक्षतामा उद्योग वाणिज्य संघ, होटल व्यवसायीहरुको उपस्थितिमा धादिङबेसीमा बसेको बैठकले नयाँ मूल्य सूचि कायम गरेकोे हो ।

Dhading-ka-hotel1

मूल्य सूची अनुसार सादा खानाको १ सय २० रुपैया, मासु खाना (माछा/कुखुरा)को २ सय रुपैया, मासु खाना (खसी)को २ सय २० रुपैया तोकिएको छ । त्यस्तै मासु चिउरा खसिको १ सय ५० रुपैया, फ्राइ राइस भेज १ सय २० रुपैया, कायम गरिएको छ । यो मूल्य जिल्लाभरीका होटलहरुमा लागु गर्ने गरी बनाइएको हो ।

पृथ्वी राजमार्ग भएर पूर्व पश्चिम जाने सयौँ यात्रुहरु ठगिएको गुनासो र होटलहरुले मनलाग्दी पैसा असुल्ने गरेको पाइएपछि नयाँ मूल्यसूचि कायम गरिएको हो । नयाँ मूल्य निर्धारण यात्रुहरुलाई केहि मात्रामा भएपनि सहज हुने विश्वास गरिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यलय धादिङका प्रमुख यज्ञप्रसाद ढकालको संयोजकत्वमा जिल्ला प्रशासन कार्यलय, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, खाद्य सञ्जाल धादिङ, नागरिक समाज लगायतका संघसंस्थाहरुको उपस्थितिमा मूल्य सूची तयार पारिएको छ ।

नयाँ मूल्य सूचि निर्धारण गरिसकेपछि धादिङ जिल्लाका होटल व्यवसायी संघले मासिक बैठक बसि होटल संचालन, व्यवस्थापन, र सररफाइका बारेमा छलफल गर्ने, होटलहरुको अनुगमन गर्ने, नियम उल्लङघन गर्ने होटल व्यवसायीलाई कडा कार्बाही गर्ने बताइएको छ ।

धादिङका होटलहरुमा निर्धारणगरिएको नयाँ मूल्य सूची हेर्नुहा्स्

mulyasuchi

About The Author

अन्य समाचारहरु: