Fri. Mar 14th, 2025

वैदेशिक रोजगारमा एजेन्ट व्यवस्था खारेज

Nepali-passport१२ फागुन, काठमाडौं ।  वैदेशिक रोजगारमा अब एजेन्टको भूमिका समाप्त हुने भएको छ ।

म्यानपावर कम्पनीलाई कामदार उपलब्ध गराउने एजेन्टको व्यवस्था खारेज गर्न लागिएको हो ।  एजेन्टले ग्रामिण क्षेत्रबाट कामदार ल्याएर म्यानपावर कम्पनीलाई उपलव्ध गराउने काम गर्दै आएका थिए ।

एजेन्टका कारण कामदारको लागत बढेको ब्यापक गुनासो आउन थालेपछि हटाउने निर्णय गरिएको व्यवसायीले जानकारी दिएका छन् ।

एजेन्टले भने बैधानिकलाई हटाएर अबैध तरिकाबाट कामदार लिने षडयन्त्र गर्न लागिएको बताएका छन् । एजेन्ट हटाउने निर्णय फिर्ता नलिए कडा आन्लोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन ।

About The Author

अन्य समाचारहरु: