Tue. Nov 26th, 2024

अब कक्षा ११ र १२ को नतिजा पनि लेटर ग्रेडिङबाटै हुने

HSEB११ फागुन धादिङ – कक्षा ११ र १२ को नतिजा पनि लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरिने भएको छ।

उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले ११ कक्षामा अब भर्ना हुने विद्यार्थीको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरेको हो। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी विद्यालय तहकै संरचना भएकाले ११ र १२ दुवै कक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिए।

 एसएलसीमा ९ वटा ग्रेडको व्यवस्था गरिएको भएपनि ११ र १२ कक्षामा कतिवटा ग्रेड कायम गर्ने भन्ने निर्णय भने भएको छैन। गत मंसिर २३ गते एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङ प्रणालीबाट सार्वजनिक गर्ने निर्णय गरेको थियो। परिषद्को निर्णय अनुसार प्राविधिक एसएलसीमा गत असारबाट नै लेटर ग्रेडिङ प्रणाली लागू भइसकेको छ।

शिक्षा मन्त्रालयले ११ र १२ कक्षामा आगामी शैक्षिक सत्रबाट दुर खुल्ला शिक्षा पद्धति अपनाउने निर्णय पनि गरेको छ। हाल विद्यालय र विश्वविद्यालय तहमा मात्र दुररखुल्ला शिक्षा पद्धतिबाट पठनपाठन हुने गरेको छ।

मन्त्रालयले ११ र १२ कक्षामा दुररखुल्ला शिक्षा पद्धतिबाट पठन पाठन संचालन गर्ने विषयमा कार्यविधि बनाउन शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ। मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठनका सम्बन्धमा सुझाव लिन यहि फागुन १६ गते प्रधानमन्त्री केपी शर्माको उपस्थितिमा वृहद् कार्यशाला गर्ने निर्णय पनि गरेको छ ।

About The Author

अन्य समाचारहरु: