Sat. Mar 15th, 2025

धादिङ दार्खाका महिलाहरुले यसरी जोते गोरु…

garu 1
सरिता श्रेष्ठ / ११ फागुन,  धादिङ – पुरुषहरु रोजगारीका लागि विदेश गएपछि महिलाहरु आफैले हलो जोत्न थालेका छन् ।

धादिङको उत्तरी क्षेत्रमा पर्ने दार्खा गाँउ विकास समितिका महिलाहरु आफैले हलो जोतेर खेतीपाती लगाउन सुरु गरेका हुन् । अहिले मकै र आलु रोप्ने समय भएको छ । गाँउमा भएका युवा विदेश गएपछि गाउँमा महिला, बूढापाका र केटाकेटीमात्र बाँकी रहेकोले आफैले सबै काम गर्नुपरेको दार्खा – २ बिर्चेतकी धनमाया तामाङले बताइन् । घर परिवार चलाउनु प¥यो, बालबच्चाहरुलाई खुवाउनु प¥यो, श्रीमान् विदेश आफैले नगरी मुखमा माड लाग्दैन उनी भन्छन् ।

goru 2

गाँउमा हल गोरु र हली पनि पाउन मुस्किल छ । एक हलको २ हजार तिर्छु भन्दा पनि पाउँदैन । यसैले आफैले हलो जोतेर खेतीपाती लगाउन सुरु गरेको छु । पहिले  पहिले महिलाहरुले गोरु जोत्नु हुदैन भन्ने मान्यता थियो तर अहिले त्यसले खासै प्रभाव नपारेको तामाङले बताइन् ।

माओवादी शसस्त्र जनयुद्दको बेला मार्पककी सुस्मा तामाङ गोरु जोतेकै निहुँमा गाँउबाट बहिस्कार हुनु परेको थियो । पुरुषवादी सोचबाट चलेको मान्यताले समाजमा महिलालाई हलो जोत्नबाट रोकावट हुँदै आएपनि अहिले त्यो  सोच र चिन्तन बदलिएको महिलाहरुको भनाइ छ ।

कृषि पेशा बाहेका आम्दानीको बाटो नभएपछि यहाँका स्थानीयहरु आलु, कमै लगाउने गर्दछन् ।  खेतबारी जोत्ने दक्ष नभएपनि आफ्नै अनुभवमा जोत्ने गरेको दिलमाया तामाङले बताइन् ।

goru 3

भूकम्पले घर भत्कियो, राहतमा आएको खानेकुरा पनि सकियो, अब त आफैले केहि गर्नुपर्छ उनी भन्छिन् । गाँउमा भएका केहि युवाहरु पनि भत्केका घर बनाउन व्यस्त रहेका छन् । मानो रोपेर मुरी उब्जाउने बेलामा काम गर्ने जनशक्ति नहुँदा आफलै हलो जोत्न बाध्य भएको उनीहरुको भनाई छ ।

About The Author

अन्य समाचारहरु: