Sat. Mar 15th, 2025

धादिङको खयरघारीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

११ फागुन, धादिङबेसी– धादिङको भुमेस्थान गाउँ विकास समिति वडा नम्बर ९ खयरघारीमा सोमबार दिउँसो ट्रिपरले मोटसाईकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

भोजपुरबाट काठमाडौँजादै गरेको लु २५ प २३२ नम्बरको मोटरसाईललाई ट्रिपरले ठक्कर दिँदा भोजपुर होमटाङ बस्ने बर्ष २५ को सागर राईको घट्नास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय खानीखोलाले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भिर घाईते भएका सोहि स्थान बस्ने बर्ष  ३० को पुर्ण बहादुर राईको उपचारको क्रममा मंगलबार विहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About The Author

अन्य समाचारहरु: