Sat. Mar 15th, 2025

भूकम्पप्रभावित बालबालिकालाई ४ हजार भत्ता

११ फागुन ,काठमाडौं  – सरकारले भूकम्पप्रभावित ११ जिल्लाका ६ वर्षमुनिका सबै बालबालिकालाई ४ हजार रुपैयाँका दरले भत्ता दिने तयारी गरेको छ ।

केन्द्रीय पञ्जीकरण प्राधिकरण विभागले ती जिल्लाहरुका २ लाख ४० हजार बालबालिकाकालाई भत्ता दिने तयारी गरेको हो । संयुक्त राष्ट्रसंघीय बालकोषको सहयोगमा भत्ता वितरण गर्न लागिएको विभागका महानिर्देशक वसन्तराज गौतमले बताए । गौतमका अनुसार, गोरखा, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप,सिन्धुली, मकवानपूर र ओखलढुंगाका बालबालिकालाई भत्ता वितरण गरिने छ । भूकम्प अतिप्रभावितमा पर्ने काठमाडौं, भक्तपुर र ललितपुरमा भने भत्ता बाँडिने छैन ।

‘५ वर्षमुनिका सबै बालबालिकालाई बाल संरक्षण भत्ता दिने निर्णय भइसकेको छ, अब वितरणको तयारी भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: