Thu. Feb 27th, 2025

महिला समूहका ३५ जनालाई पूर्व सहकारी शिक्षा तालिम

१० फागुन धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १० चिप्लेटिमा सोमबार महिला समूहका ३५ जनालाई पूर्व सहकारी तालिम प्रदान गरेको छ ।

एक्सन नेपाल, हेफर इन्टरनेशनल नेपाल र साविकको मुरलिभञ्ज्याङ गा.वि.स.को संयुक्त साझेदारीमा संचालित साना किसान उद्यमी सवलीकरण परियोजना अन्तर्गत तालिमको आयोजना गरिएको हो ।

तालिममा सहकारी के हो, सहकारीको महत्व, सहकारीका क्षेत्र, सहकारीले ग्रामीण क्षेत्रमा पु¥याउन सक्ने प्रभाव, सहकारीमा आवद्ध हुनको लागि पार गर्नुपर्ने चरण, सहकारीमा बस्दा हुने फाइदा लगायतका अन्य सम्बन्धित विषयवस्तुमाथि जानकारी गराइएको थियो । तालिमको सहजीकरण एक्सन नेपालका सामुदायिक सहजकर्ता मिना लम्साल र फत्तकुमारी श्रेष्ठले गरेका थिए ।

संस्थाले यस अघि मुरलीभञ्ज्याङमा गठन भएका परियोजनामा आवद्ध ३७ वटा महिला समूहका ९२७ जना महिला सदस्यहरुलाई तालिम प्रदान गरिसकेको छ ।

About The Author

अन्य समाचारहरु: