१० फागुन, काठमाडौं – काठमाडौँ उपत्यका भित्र्ने फलफूल तथा तरकारीमा विषादीको प्रयोग रहेको वा नरहेको भन्नेबारेमा नियमितरुपमा अनुगमन सुरु गरिएको छ ।
द्यष्कबमजष्खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बाली संरक्षण निर्देशनालयबाट उपत्यका प्रवेश गर्ने चार नाका साँगा, थानकोट, फर्पिङ र ककनीमा एक सातादेखि नियमितरुपमा विषादी अनुगमन कार्यक्रम चलाइएको छ ।
उपत्यकामा बिक्री हुने फलफूल तथा तरकारीमा विषादीको प्रयोग रहेको भन्ने व्यापक जनगुनासो आएपछि कृषि मन्त्रालयले कार्ययोजना नै बनाएर अनुगमनलाई चुस्त र प्रभावकारी तुल्याउन निर्देशन दिएको थियो । हालसम्मको अनुगमनमा खानै नहुनेगरी विषादीको प्रयोग भएको नपाइएको मन्त्रालयले जनाएको छ ।
कार्ययोजनाअनुसार हरेक साता कम्तिमा दुई दिन दुईवटा नाकामा अनुगमन गर्ने र सङकलित नमुना बाली संरक्षण निर्देशनालयकोे प्रयोगशालामा दु्रत विश्लेषण विधिबाट विषादी परीक्षणको व्यवस्था मिलाइएको कृषि मन्त्रालयका सहसचिव डिल्लीराज शर्माले जानकारी दिए ।
उक्त विधिबाट तोकिएको मापदण्डभन्दाबढी विषादी पाइएका फलफूल तथा तरकारीमा विषादीको मात्रा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय खाद्य प्रयोगशालामा थप परिक्षण गरी पहिचान गरिने छ ।
कार्ययोजनाअनुरुप फलफूल, तरकारीबाहेक अन्य खाद्य पदार्थको समेत अनुगमन गरी नमुना सङ्कलन गरी प्रयोगशालामा विश्लेषण गरिने व्यवस्था मिलाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।
रासस