७ फागुन, धादिङ– प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार ६ दिने भारत भ्रमणमा जाँदै छन् । भारत भ्रमणका लागि प्रधानमन्त्री ओली शुक्रबार दिउँसो ३ बजे प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली दिउसो टुडिखेलमा आयोजना हुने प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागि भएपश्चात भारत प्रस्तान गर्ने कार्यक्रम रहेको छ ।
ओलीको भ्रमणमा उनकी धर्मपत्नी राधिका, उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल रहेका छन् ।
ओली नेतृत्वकोे भ्रमण टोलीमा ४६ जना सरकारी प्रतिनिधि तथा २९ जना व्यापारी गरी ८३ जना रहेछन् । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा नेपालको सार्वभौमिकता, अखण्डताता तथा राष्ट्रिय हितका कुनै आँच आउन नदिने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रमणका क्रमममा कुनै विवादासपद सम्झौता नगर्ने यसअघि बताउँदै आएका छन् ।