६ फागुन, धादिङ – महाशिवरात्रि पर्व सुरक्षित र व्यवस्थित रुपमा मनाउनका लागि संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेलको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको छ ।
पशुपति क्षेत्र विकास कोषद्वारा योजित भेलामा प्रधानमन्त्रीको संरक्षकत्वमा सो समिति गठन गरिएको हो । शिवरात्रि फागुन २४ गते पर्छ । गत वर्ष पशुपतिनाथमा १० लाख भक्तजन आएका थिए र मन्त्री पोखरेलले विश्वको मानवजातिको रक्षा गर्ने पशुपतिमा दर्शन गर्दा साँच्चिकै आध्यात्मिक शान्ति महसुस हुने खालको वातावरण बनाई हर्षोल्लास र शान्तिको सन्देश दिने तरिकाले पर्व मनाउने तयारी गर्नुपर्ने बताए कोषका अध्यक्ष पोखरेलले भने, महाशिवरात्रिमा गाँजा र भाङ खाने प्रवृत्तिको विस्तारै अन्त्य गर्दै जानुपर्छ ।’
कोषका सदस्य सचिव डा गोविन्द टण्डनले गत वर्षमा चार ढोकाबाटै दर्शन गराउँदा अस्तव्यत भएकाले यस वर्ष जुन ढोकाबाट दर्शन गर्न जाने हो, त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिने जानकारी दिए ।
द्रुतरुपमा दर्शन गर्न चाहने भक्तजनका लागि एक हजारको टिकटको व्यवस्था गरिएको, सुरक्षा, भव्यता र सभ्यताका साथ पर्व मनाउनका लागि सजावट र बत्तीको व्यवस्था गर्ने तयारी गरिएको र साङ्गीतिक धुन फागुन २३ र २४ गते दुवै दिन बजाइने उनले बताए । रासस