अस्मिता खतिवडा / ६ फागुन, धादिङ – कृषि क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै धादिङका कृषक महिलाहरुले ऋण वापत तिरेको ब्याज रकम नै फिर्ता पाएका छन् ।
सहारा महिला बचत तथा ऋण सहरकारी संस्थाले युवा तथा साना व्याबसाय कोष मार्फत रकम लिई धादिङका विभिन्न गाविसका १६ जना व्याबसायिक महिलाहरुलाइ १२ प्रतिशत व्याजमा रकम वितरण गरेको थियो ।
२०६८ साल असोज २ गते सहारा महिला बचत तथा ऋण सहरकारी संस्थाबाट कृषि क्षेत्रमा लगानी गर्न भनी महिलाहरुले ऋण लिएका थिए । आफुले लिएको रकम १२ प्रतिशत ब्याजदर सहित महिलाहरुले तिरेपछि बुधबार रकम फिर्ता गरिएको हो ।
महिलाहरुले रकमको सहि सदुपयोग गरेको भन्दै आज धादिङबेशीमा एक कार्यक्रमको आयोजना गरी ६० प्रतिशत ब्याज रकम फिर्ता गरिएको संस्थाका अध्यक्ष ज्योति श्रेष्ठले जानकारी दिइन् ।