अस्मिता खतिवडा / ५ फागुन, धादिङ – जिल्ला अस्पताल धादिङ तथा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मानसिक स्वाथ्य सम्बनिध तालिम प्राप्त डाक्टरहरुको बुधबार स्थलगत सुपरिवेक्षण गरिएको छ ।
मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धि तालिम पाइसकेका जिल्लामा कार्यरत डाक्टरहरुको कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पु¥याऊने उद्येश्यले स्थलगत सुपरिवेक्षण गरिएको हो ।
सुपरिवेक्षणको क्रममा डाक्टरहरुले मनोसामाजिक तथा मानसिक समस्या सम्बन्धि तालिम पाए पश्चात रोगको पहिचान गर्न तथा आवश्यक परामर्श दिन सहज भएको बताएका छन् । विशषेज्ञ सेवाको अभाव भएकै कारण समस्यामा परेका व्यक्तिहरुले रोग पहिचान तथा उपचारका लागि धेरै खर्च गर्नुपर्ने अवस्था रहेकोले डाक्टरहरुलाई यसबारेमा दक्ष बनाऊने लक्ष्यका साथ लागेको मानसिक रोग विशषेज्ञ डाक्टर सुनिल कुमार शाहले बताए ।
सामुदायिक विकास अभियान बहुसाँस्कृति मनोसामाजिक संस्था (टिपिओ) नेपाल र इन्टरनेश्नल मेडिकल कोरको संयुक्त आयोजनामा स्थलगत सुपरिवेक्षण गरिएको हो । स्वास्थ्य संस्थामा शारीरीक रोगका विरामीहरुको चाप पनि त्यत्तिकै हुने र कार्य व्यस्ताताले गर्दा मानसिक रोगीहरुलाई धेरै समय दिन नसकेको डाक्टरहरुको गुनासो छ । तर तालिम पाइसके पश्चात आफुहरुमा थप उत्प्रेरणा मिलेको भन्दै सम्भव भएसम्म समुदाय स्तरमै मनोसामाजीक तथा मानसिक सेवा उपलब्ध गराऊने डाक्टरहरुले प्रतिवद्धता जनाएका छन् ।