Sat. Mar 15th, 2025

धादिङ नलाङका राजु सिलवाल लागुऔषधसहित पक्राउ

?

५ फागुन, धादिङ – मकवानपुर प्रहरीले लागुऔषधसहित धादिङका एक जनालाई पक्राउ गरेको छ ।

बीरगंजबाट हेटौडा तर्फ जाँदै गरेको ना ५ ख ३१६६ नम्बरको यात्रुबाहक बसलाई चेकरजाँच गर्ने क्रममा धादिङ जिल्लाको नलाङ गाविस वडा नं। ९ बस्ने वर्ष ३२ को राजु सिलवाललाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले लुकाई छिपाई ल्याएको लागुऔषध डाईजेपाम ४८ एम्पुल, फेनार्गन ४८ एम्पुल, ब्युप्रिनोर्फिन ४८ एम्पुल र नाईट्रोभेट ३२ ट्याबलेट लागूऔषध बरामद गरेको छ ।

विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा–१७ रातोमाटे स्थित प्रहरी चेकपोष्टमा पक्राउ गरिएको हो ।

About The Author

अन्य समाचारहरु: