Thu. Feb 27th, 2025

कास्कीको नयाँ पर्यटकीय गन्तव्यः कोटभैरव

kot-vairab५ फागुन पोखरा – कास्कीको दक्षिण भेगस्थित लेखनाथ नगरपालिका वडा नं १८ स्थित मल्लकालीन कोटभैरव मन्दिर विकास समितिमा नयाँ नेतृत्व चयन गरिएको छ ।

समितिका अध्यक्षमा चेतबहादुर महत, उपाध्यक्षमा गुरुप्रसाद पौडेल, सचिवमा कमलप्रसाद पौडेल, सहसचिवमा कमल पौडेल र कोषाध्यक्षमा सन्तबहादुर थापा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा गणेशबहादुर थापा र तुलसी दुरालाई चयन गरिएको छ ।

समितिका सल्लाहकार समितिमा फत्तबहादुर महत, लोकबहादुर लामिछाने, धनबहादुर थापा, सदन महत, सोमबहादुर थापा, लोकबहादुर महत र हेमबहादुर पराजुली तथा प्रचारप्रसार समितिमा विष्णुहरि पौडेल र वासुदेव पौडेल रहेका छन् ।

नवगठित समितिका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष फत्तबहादुरले धार्मिक तथा दृश्यावलोकनका दृष्टिले महत्वपूर्ण कोटभैरव मन्दिरको जीर्णोद्धार गर्नु अपरिहार्य भएको बताए ।

धार्मिक पर्यटनका साथै माछापुच्छ्रे , अन्नपूर्ण, धवलागिरि सहित कास्की र आसपासका १४ जिल्लाको एकसाथ अवलोकन गर्न सकिने सो स्थलमा अत्यावश्यकीय पूर्वाधार विकास गर्न सके महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा विकसित गर्न सकिने समितिका अध्यक्ष चेतबहादुरको भनाइ छ ।

नेपालका बाइसे चौबिसे राजाको पालदेखि पूजाआजा हुँदै आएको सो मन्दिरमा पूजा गरेमा मनले चिताएको पुग्ने जनविश्वासका आधारमा कास्की, स्याङ्जा, पर्वत, तनहुँ लगायत टाढा टाढाका जिल्लाबाट पनि दर्शनार्थी आउने गरेका छन् ।

राष्ट्रिय समृद्धि, विकास र शान्तिको कामना गर्दै मन्दिरमा स्थानीयवासीले सामूहिक पूजा पनि गरेका छन् । रासस

About The Author

अन्य समाचारहरु: