४ माघ, धादिङ – बैदेशिक रोजगारीका लागि मलेसिया गएको धादिङ नौविसेका विकास चापागाईको शव मृत्यु भएको पाँच सातापछि सोमवार नेपाल ल्याइएको छ ।
मलेसियामा रहेको एक कम्पनिमा काम गरिरहेको बेला मेसिनले च्यापेर उनको पाँच साताअघि मृत्यु भएको थियो ।
धादिङको नौविसे गााउ विकास समितिको वडा नम्बर ३ घर भएका उनी घरको आर्थिक अवस्था कमजोर भएका कारण वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । उनका भाई रवि चापागाई पनि सोहि कम्पनीमा नै कार्यरत छन् भने विकासको श्रीमती कतारमा कार्यरत रहेपनि हाल बिदामा नेपाल आएकी छन् ।
नेपाली दुतावास मलेसिया, प्रवासी नेपाली समन्वय समिति तथा पेनागमा रहेको मलेसियन टे«ड युनियनको पहलमा शव नेपाल पठाईएको हो ।
कम्पनीले शवलाई नेपाल पठाउन आनाकानी गरिरहेको थियो । चापागाईको अत्येष्टिका लागि नेपालवाट मृतकका आफन्त झिकाउन सकिने तर नेपाल पठाउन नसकिने भन्दै कम्पनीले ढिलाई गरिरहेको थियो ।
तर मृतकका आफन्तहरुले भने शव जुनसुकै र जस्तो भएपनि नेपालमा ल्याएर अत्येष्ठि गर्ने बताउदै आएका थिए ।