Sat. Mar 15th, 2025

तनहुँमा ट्रकको ठक्करबाट एकको मृत्यु

Tanahu-Map४ फागुन, तनहुँ – तनहुँमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ४ ख २४५० नम्वरको ट्रकले पृथ्वीराजमार्गअन्तर्गत घाँसीकुवा९८ छिर्कनेमा ठक्कर दिँदा घाँसीकुवा९८ निवासी ५० वर्षीय यामबहादुर सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त ट्रकको ठक्करबाट सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। रासस

About The Author

अन्य समाचारहरु: