Sat. Mar 15th, 2025

क्षति विवरण संकलन गर्न धादिङका गाँउ गाँउमा इन्जिनियर

re gau 2३ फागुन,  धादिङ –विनाशकारी भुकम्पबाट क्षति भएको आधिकारीक विवरण संकलन गर्न धादिङका गाउँ–गाउँमा इन्जिनियर पुगेका छन् ।

गत बैशाख १२ र २९ गते गएको भुकम्पपछि पुर्ननिर्माण तथा दाताहरुले कबोल गरेको रकम उपलब्ध गराउन आधिकारीक तथ्याङक मागेपछि पुनर्निर्माण प्राधिकरणको निर्देशनमा केन्द्रिय तथ्याङक विभागले भुकम्प प्रभावित ११ वटा जिल्लामा इन्जिनियर सहितको टोली परिचालन गरेको हो । भूकम्प प्रभावित क्षेत्रहरुमा दिगो पुनःनिर्माण कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न अत्यावश्यक तथ्याङ्किय आधार तयार गर्ने उद्देश्यले गाउँ गाउँमा इन्जिनियरहरु पठाइएको हो ।

पहिलो चरणमा धादिङको मध्यक्षेत्रका १४ वटा गाउँ विकास समितिहरुमा ३९ जना इन्जिनियरहरु परिचालित भएका छन् । उनीहरुको साथमा गाउँविकास समितिका सहायक र सामाजिक परिचालकहरु पनि रहेका छन् । गाउँ गाउँमा गएका इन्जिनियरहरुले सबै आवासीय घरहरूको विस्तृत जाँच गर्ने र ती घरमा बस्ने परिवारहरूको आर्थिक, सामाजिक र जनसांख्यिक विवरण लिनेछन ।

सर्वेक्षणमा विज्ञ सर्भेयरहरुले ट्याब्लेट प्रयोग गरी संकलन गरेको तथ्याङ्क इन्टनेटमार्पmत् सोझै सिंहदरबारस्थित सरकारी एकीकृत डाटा सेन्टरमा रहेको केन्द्रीय तथ्याङ्क विभागको सर्भरमा पठाउने भुकम्प प्रभावित आवास पुनः निर्माण लगत संकलन कार्यक्रम २०७२ धादिङका प्रमुख शिव श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हामीले अहिले पहिलो चरणमा मध्ये धादिङका ३९ जना इन्जिनियरहरु पठाएको हौ ।

जिल्लाभर १ सय ८५ जना तालिमप्राप्त इन्जिनियरहरु गाउँमा पठाएर २ महिना भित्र भुकम्पले क्षतिग्रस्त बनाएका सवै आवासीय घरहरुको प्राविधिक विवरण संकलन गरिसक्ने हाम्रो लक्ष्य छ ।’ यसरी तयार गरिएको तथ्याङ्कीय आधारबाट मूख्यतः प्रत्येक आवासीय घरको क्षतिको विस्तृत आंकलन भई वास्तविक पिडितहरुको पहिचान हुने र यसले पुनःनिर्माण कार्यक्रम यथाशीघ्र सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

गाउँ गाउँमा पुगेका इन्जिनियरहरुलाई सामाजिक परिचालकहरुले सघाइरहेका छन । घरको अवस्था नापजाँच गर्न उनीहरूले सघाउँछन । सामाजिक परिचालकले विवरण भरिएको प्रमाणस्वरूप घरधनीलाई पुर्जी काटेर दिने लगत संकलन गर्न परिचालन गरिएका इन्जिनियरहरुका सुपरभाइजर नारायण खनालले बताए ।

यसरी गरिन्छ लगत संकलन
कार्यक्षेत्रमा खटिएका इन्जिनियरहरुलाइ तथ्याङक विभागले सर्वेयर कोड उपलब्ध गराएको छ । तथ्याङक विभागको अवधारणा अनुसार काठमाडौं लिभिङ ल्याबले बनाएको एप्लिकेशन राखिएको ट्वाब्लेट प्रत्येक इन्जिनियरहरुलाइ प्रदान गरिसकेपछि सर्वेयरले प्राप्त गरेको कोडमा त्यसमा हालिन्छ ।

त्यसपछि तथ्याङक संकलन गर्ने फारम खुल्छ र ट्याबलेटमा जिल्ला, गाविस, सहित घर ठेगाना लेखेपछि घरधनीसम्बन्धी विवरण लेखिन्छ । घरको पूर्ण, आंशिक वा सग्लो क्षति विवरण लेखिन्छ । घरबाहेक अन्य संरचना गोठ, मटान, धन्सार आदिको विवरण पनि भरिन्छ । घरजग्गाको कानुनी स्वामित्व, निजी, गुठी सरकारी के हो उल्लेख गरिन्छ । भूकम्प र त्यसपछिका पराकम्पको अवस्था कस्तो छ उल्लेख गरिन्छ ।

फाराममा क्षति भएको र भग्नावशेष हटाइसकेको बारे उल्लेख गरिन्छ । भूकम्पअघिको घरको विवरणमा तला, उचाइ साथै यकिन क्षेत्रफल नापिन्छ । घर रहेको जग्गाको हालको अवस्था चित्रण गरिन्छ । जगको किसिम, माटो वा ढलान, छाना अवस्था आदिको विवरण भूकम्प जानुअघि र पछिको विवरण उल्लेख गरिन्छ ।

पारिवारिक विवरणमा घरमूलीको नाम, परिवार संख्या, नागरिकताको तस्बिर लिइन्छ । जन्ममिति, उमेर र परिवार सबैको नाम र विवरण उल्लेख गरिन्छ । बैंक खाता भए नाम र ठेगाना भरिन्छ । भूकम्पपछिको आवास आफ्नै घर, डेरा वा भाडाबारे स्पष्ट गरिन्छ । ट्यावलेटमा उपलब्ध सवै विवरण भरिसकेपछि सामाजिक परिचालकले घर सवेक्षण गरेको पुर्जीमा घरधनीको ल्याप्चे समेत लगाइ प्रदान गरिन्छ र त्यसको पनि फोटो खिचिन्छ । अनि सर्वेयर इन्टरनेटको सहयोगमा संकलन गरिएका तथ्याङकहरु सिंहदरवार स्थित केन्द्रिय तथ्याङक विभागको सर्भरमा पठाइन्छ ।

‘अहिले संकलन गरिएको तथ्याङले पुननिर्माणको आधार तयार गर्ने मात्र नभइ भुकम्प प्रभावित जिल्लाका स्थानियहरुको आर्थिक, सामाजिक र पारिवारीक विवरण पनि अध्यावधिक गर्ने छ । जस अन्तरगत सामाजिक सुरक्षा भत्ता खाने जनसंख्या तथा २०६८ पछिको जनगणनाको सख्या पनि अध्यावधिक हुने ।’ लगत संकलन कार्यक्रमका प्रमुख श्रेष्ठले बताए ।

तथ्याङ विभागले विश्व बैंक र अन्य दाताको सहयोगमा संकलन थालिएको तथ्यांक गोप्य र सुरक्षित रहने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । दाताको सहयोगमा लगत संकलन थालिएको भए पनि नेपाल सरकारले मात्र लगत विवरण हेर्न र प्रयोग गर्न पाउने विभागले जनाएको छ । तथ्याङक संकलनको लागि गाउँ गाउँमा खटाउने प्राविधिक जनशक्ती स्वास्थ अनुसन्धान तथा सामाजिक विकास मन्च हर्डले ब्यवस्था गरेको छ ।

About The Author

अन्य समाचारहरु: