३ फागुन, धादिङ – १२ औं दक्षिण एशियाली खेलकुदमा नेपालले दोस्रो स्वर्ण जितेको छ ।
भारतमा जारी प्रतियोगीतामा जुडोको महिलातर्फ ६३ केजीमुनि तौलमा फुपु ल्हामु खत्रीले स्वर्ण जितेकी हुन् ।
राउण्ड रोविन प्रणालीमा खेलाइएको खेलमा उनले सबै प्रतिस्पर्धीलाई पराजित गरेकी थिइन ।
यसअघि उसुमा नेपालकी निमा घर्तीमगरले स्वर्ण जितेकी थिइन् । उसुको थाउलोतर्फ उनले नेपालका लागि पहिलो स्वर्ण दिलाएकी थिइन् ।