Tue. Nov 26th, 2024

फागुन ७ गतेबाट लोडसेडिङ घट्ने

Bulb-Bijuli३ फागुन, काठमाडौं । भारतले ढल्केबगर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि लोडसेडिङ करिब दुई घण्टा कम हुने भएको छ ।

उक्त परिमाणको बिजुली ल्याउनेबारे सोमबार नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपीसी विद्युत व्यापार निगमबीच  सम्झौंता हुनलागेको आजको नागरिक दैनिकमा समाचार छ ।

आगामी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीबाटै रिमोट कन्ट्रोलको ‘स्विच अन’ गरेपछि ८० मेगावाट विजुली नेपाल आउनेछ । उक्त परिमाणको बिजुली आएपछि अहिलेको लोडसेडिङ करिब दुई घण्टा कम हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार करिब ६ लाख युनिट बिजुली निरन्तर प्रवाह भए दैनिक एक घण्टासम्म लोडसेडिङ कम हुन्छ ।

About The Author

अन्य समाचारहरु: