३ फागुन, काठमाडों । सभापति सुशिल कोइरालाको निधनपछि संस्थापनबाट को सभापतिको प्रत्यासी बन्छ भन्ने टुंगो लाग्न बाँकी रहेका बेला नेपाली कांग्रेसका नेताहरुले महाधिवेशन प्रतिनिधको जोडघटाउ सुरु गरेका छन् ।
६५ जिल्लाका २१ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिको टुंगो लागेसँगै संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरु महाधिवेशन प्रतिनिधिको जोडघटाउमा जुजुटेका हुन् ।
सभापति कोइरालाको आकस्मिक निधनपछि कार्यवहाक सभापति रामचन्द्र पौडेलले आफूलाई संस्थापन पक्षको स्वभाविक सभापतिको प्रत्यासीका रुपमा प्रस्तुत गरे पनि महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि नेतृत्व दाबी गरेका छन् ।
संस्थापन पक्षका अन्य नेतासँग पौडेलले सहयोग मागिरहेका छन् । तर, सिटौला र सिंहले महाधिवेशन प्रतिनिधिको आँकलनपछि मात्र संस्थापन पक्षको उम्मेदवार टुंगो लगाउनु पर्ने तर्क गर्दे आएका छन् ।