Sat. Mar 15th, 2025

मलेसियामा लेवी बढाउने निर्णय स्थगित

१ फागुन,  – मलेसिया सरकारले  आप्रवासी कामदारको लेवी बढाउने भनि गरेको निर्णय कार्यान्वयन नगर्ने भएको छ ।

शुक्रबारको मन्त्रीपरिषद बैठकले लेवी बढाउने भनि गरिएको यसअघिको घोषणा कार्यान्वयन नगर्ने निर्णय गरेको उपप्रधानमन्त्री दातुक श्री अहमद जाहिद हामिदीको भनाईल उदृत गर्दै मलेसियाली सञ्चार माध्यमले जनाएका छन्  ।

मलेसियाले सेवा क्षेत्रका आप्रवासी कामदारको लेवी दुई गुणा तथा प्लान्टेसन क्षेत्रका कामदारको लेवी चार गुणाले बढाउने निर्णय गरेको थियो । तर सरकारको यो निर्णयका रोजगारदाताले नै विरोध गरेका थिए । रोजगारदातासँगै ट्रेड युनियन तथा अन्य व्यापारकि संगठनले समेत यसको बिरोध गरेपछि बढाइको लेवी स्थगित गरिएको हो ।

सेवा क्षेत्रमा काम गर्ने आप्रवासी कामदारले अहिले वर्षको एक हजार दुई सय ५० आरएम लेवी तिर्दै आएका छन् । मलेरिया सरकारले यसलाई बढाएर दुई हजार पाँच सय आरएम बनाएको थियो ।

यस्तै प्लान्टेसन क्षेत्रको लेवी वर्षको चार सय ९५ आरएमबाट बढाएर एक हजार पाँच सय बनाइएको थियो । सरकारले लेवी बढाउने निर्णय कार्यान्वयन नर्गने भएपछि नेपालीसहितका आप्रवासी कामदार लाभान्वित भएका छन् ।

About The Author

अन्य समाचारहरु: