२८ माघ, नवलपरासी – देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेका होमस्टे घरबास सञ्चालकहरुको पहिलो राष्ट्रिय भेला नवलपरासीको थारु होमस्टे गाउँ अमलटारीमा हुने भएको छ । भेला यही फागुन ७, ८ र ९ गते भेला हुने भएको अमलटारी थारु होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दानियाले जानकारी दिए । भेलामा सरकारमा दर्ता भई सञ्चालनमा आएका तीनसय होमस्टेका सञ्चालकको सहभागिता रहनेछ ।
आर्थिक विकास गर्नका लागि गाउँलाई पर्यटकीय क्षेत्र बनाई आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउनका लागि होमस्टे सञ्चालनले योगदान दिएको छ ।
ग्रामीण क्षेत्रको प्रचारप्रसार र उन्नतिका लागि होमस्टे एसोसिएसन नेपालमार्फत पर्यटन विकास गरी सीमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, सांस्कृतिक–प्राकृतिक सम्पदाको संरक्षण गर्न, गरिबी निवारण गर्ने, पर्यापर्यटन, जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण गर्न सहयोग पु¥याउने काम गरेको होमस्टे एसोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनका संयोजक पिशुराम चौधरीले जानकारी दिए ।