२७ माघ, सिलोङ – भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिनमा नेपाललाई अर्को सफलता मिलेको छ । नेपाललाई उसुतर्फ एक रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोलेले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् ।
अघिल्लो दिन ९.०१ अंक प्राप्त गरेका उनले आजपनि समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंक सहित रजत पदक जितेका हुन् ।
यस स्पर्धामा भारतले स्वर्ण जित्यो । भारतका एम ग्यानदास सिंहले कुल १८।७९ अंकसहित स्वर्ण जितेका हुन् ।
नेपालले आज थप ५ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछ । अर्थात नेपालले आज पाँच स्पर्धाको फाईनल खेल्दैछ ।