२७ माघ, धादिङ – धादिङमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु हुदै छ ।
‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समितिको धादिङको संयोजनमा चिल्डेनपार्क आवसिय उच्च माविले प्रतियोगिताको आयोजना गरेको छ ।
धादिङबेसीमा हुने प्रतियोगीतामा तीनवटै क्षेत्रमा भएको खेलमा सहभागी भई छनोट भएका खेलाडीहरुको सहभागीता रहने जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख कृष्णलाल श्रेष्ठले जानकारी दिए । धादिङको तीनवटै क्षेत्रमा क्षेत्रीय प्रतियोगीताका खेलहरु सम्पन्न भएपछि जिल्ला स्तरीय प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा एथ्लेटिक्स, हाइजम, लमजम्प, भलिबल, फुटबल, बक्सिङ, लगायतका खेलहरुमा विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।