२६ माघ, धादिङ – कहाली लाग्दो टुईन तरेरै, राहत सामाग्री समेत तुइनबाट तारेर अखिल (क्रान्तिकारी) का विद्दार्थी नेता तथा उपराष्ट्रपति पुत्र दिपेश पुनले भूकम्प प्रभावित गोर्खा भुम्लिचोक ८, हिगलुङघाटका ९२ घर चेपाङ सबैलाई एकएक बोरा चामल ,स्कूलें बच्चाहरुलाई कापि क़लम र झोला वितरण गरेका छन।
तुइनमा तरेर वारपार गर्नुपर्ने बाध्यता भनेर समाचारहरु आइरहदा पुन स्वंय आफै नै तुइन तरेर चेपाङलाई सहयोग गर्न पुगेका छन् ।
उनले भूकम्प प्रभावित चेपाङ् विद्दार्थीहरु पढ्ने शंखा देवि उ मा बि जोगिमाराको होस्टेलका विद्दार्थीहरुलाई न्यानो सिरक, कापि क़लम र झोला समेत वितरण गरेका छन्। उक्त सहयोग कार्यक्रममा बोल्दै पुनले आफू सानो सहयोग लिएर प्रत्यक्ष रुपमा चेपाङ बस्तीमा आउदा खुसी लागेको बताए ।
उक्त कार्यक्रमममा वासिएल धादिङका अध्यक्ष चन्द्र सिलवाल (मिलन ) अखिल क्रान्तिकारी धादिङ्का संयोजक माधब छत्कुली, तिलक चेपाङ लगायतको उपस्थिती रहेको थियो।