Sat. Mar 15th, 2025

ग्यासको बुलेट पल्टिँदा एकजनाको मृत्यु

२६ माघ,  चितवन – दारेचोक गाविस–। ३ स्थित पृथ्वी राजमार्गमा काठमाडौँतर्फ जाँदै गरेको ग्यासको बुलेट आज बिहान नालामा पल्टिँदा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार एचआर ३८ यु १९८६ नम्बरको ग्यासको बुलेट केवलकार रहेको स्थल नजिकै सडक किनाराको नालामा पल्टिँदा बुलेटमा च्यापिएका एक पुरुषलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो।

मृतकको सनाखत हुन सकेको छैन। मृतक चालक हुन सक्ने प्रहरीको अनुमान छ। सो दुर्घटना बिहान ८ बजे भएको हो। रासस

About The Author

अन्य समाचारहरु: