Sat. Mar 15th, 2025

टर्कीमा डुंगा डुब्दा २७ जना आप्रवासीको मृत्यु

२६, माघ  – टर्कीमा आप्रवासी चढेको डुंगा डुब्दा २७ जनाको ज्यान गएको छ । टर्कीको बन्दरगाह हुँदै ग्रिसको लिसबोस द्विप जाने प्रयासमा रहेका आप्रवासी चढेको डुंगा सुमद्रमा डुबेको हो । ज्यान जानेमा ११ जना बालबालिका छन् । डुंगामा ४० जना सवार रहेको टर्कीका सञ्चारमाध्यमले जनाएका छन् । टर्कीको बालिमेसिर प्रान्तबाट लिसबोसका लागि छुटेको डुंगा डुबेको हो । यो वर्ष लागेपछि समुद्री मार्ग हुँदै ग्रिस प्रवेश गर्न खोज्ने क्रममा अहिलेसम्म चार सय भन्दा धेरै आप्रवासीको ज्यान गएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संस्था आइओएमले जनाएको छ । सिरियासहितका मध्ये पूर्वका द्वन्द्वग्रस्त देशका धेरै नागरिक युरोपमा शरणको खोजिमा टर्कीको बाटो हुँदै ग्रिस प्रवेश गर्ने गरेका छन् । गएको वर्ष युरोपमा १० लाख भन्दा धेरै आप्रवासी समुद्री मार्ग भएर प्रवेश गरेका थिए ।

About The Author

अन्य समाचारहरु: