Tue. Apr 22nd, 2025

नेपाली काँग्रेस धादिङको सभापतिमा रमेश धमला निर्वाचित

ramesh dhamala

२५ माघ,  धादिङ – नेपाली काँग्रेस धादिङको सभापतिमा रमेश धमला निर्वाचित भएका छन् ।

सोमबार धादिङबेसीमा भएको निर्वाचनमा उनले २ सय ९० मत ल्याई निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धि भीम ढुङगानाले २ सय ६४ मत ल्याए ।

धमला नेपाली काँग्रेसका क्रियाशिल नेता हुन् । उनी पर्यटन व्यवसायी पनि हुन् । यस अघि उनी ट्रेकिङ एशोसियसन टानको अध्यक्ष समेत भइसकेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका उनलाई संस्थापन पक्षको रुपमा चिनिन्छ ।

उनले यस अघि ११ औँ जिल्ला अधिवेशनमा रामनाथ अधिकारी र बासु तिमिल्सेनासँग पराजय भोग्नु परेको थियो ।

त्यस्तै सचिवमा हरेराम बुर्लाकोटि, कोषाध्यक्षमा  बाबुकृष्ण सापकोटा विजयी भएका छन् ।

About The Author

अन्य समाचारहरु: