Tue. Apr 22nd, 2025

कांग्रेसको जिल्ला सभापति चयन आज, धादिङमा धमला र ढुङगाना भिड्दै

dhamala&dhungana२५ माघ,  धादिङ – नेपाली कांग्रेसको १३ औं महाधिवेशन तयारीका लागि सबै जिल्लामा नयाँ नेतृत्व चयन गर्न जिल्ला अधिवेशन हुँदैछ ।

अधिवेशनले आगामी चार वर्षका लागि जिल्ला सभापति र जिल्ला कार्यसमिति चयन गर्नेछ । सोमबार हुने जिल्ला सभापतिका लागि धादिङ जिल्लामा रमेश धमला र भीम ढङ्गानाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिका आकाँक्षी धमला नेपाली काँग्रेसका क्रियाशिल नेता हुन् । उनी पर्यटन व्यवसायी पनि हुन् । यस अघि उनी ट्रेकिङ एशोसियसन टानको अध्यक्ष समेत भइसकेका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका उनलाई संस्थापन पक्षको रुपमा चिनिन्छ ।

त्यस्तै भीम ढुङगाना गाविस राष्ट्रिय महासंघका महासचिव पनि हुन् । उनी पनि नेपाली काँग्रेसका क्रियाशिल नेता हुन् ।

यस अघि ११ औँ जिल्ला अधिवेशनमा बासु तिमिल्सेना, रामनाथ अधिकारी र रमेश धमला प्रतिस्पर्धामा रहेका थिए । भने १२ औँ जिल्ला अधिवेशनमा रामनाथ अधिकारी र बासु तिमिल्सेना प्रतिस्पर्धामा रहेका थिए । दुवै अधिवेशनमा रामनाथ अधिकारीले विजय हाँसिल गरेका थिए ।

धादिङको १ वटा नगरपालिका सहित ४६ वटा गाविसहरुमा अधिवेशन सम्पन्न भइसकेको छ । १३ औं महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुने कार्यक्रम छ ।

About The Author

अन्य समाचारहरु: