२४ माघ, धादिङ – सोनाम लोछारको अवसरमा आइतबार धादिङको गुम्दी गाऊँ विकास समिति वडा नंबर ५ पोखराखेतमा शुभकामना आदानप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मेन्दोमाया नाच, गोरु जुधाई, विभिन्न तामाङ तथा लोक गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै गाविस सचिव ठाकुर प्रसाद सिंखडाले लोप हुन लागेको तामाङ संस्कृति जोगाऊनु हामी सबैको दायित्व भएको बताए ।
गुम्दी लोसार समितीले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक विजय गुरुङले जानकारी दिए ।