Sat. Mar 15th, 2025

कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्षमा यज्ञप्रसाद ढकाल चयन

yagya dhakal२४ माघ, धादिङ – कर्मचारी मिलन केन्द्र धादिङको अध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यलय धादिङका प्रमुख यज्ञप्रसाद ढकाल चयन भएका छन् ।

केन्द्रको शनिबार धादिङको चरौदीमा सम्पन्न भएको अधिवेशनले आगामी दुई वर्षका लागि ढकाललाई सर्वसम्मत चयन गरेको हो ।
केन्द्रको उपाध्यक्षमा पुष्पराज उप्रेती, महासचिवमा कृष्णकुमार श्रेष्ठ, सचिवमा शिव राना, सहसचिवमा विष्णुलाल श्रेष्ठ, र कोषाध्यक्षमा इन्दिरा भुसाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सोमप्रसाद गौतम, राम बहादुर यादव, कैलास मोक्तान, सुदिप छत्कुली, धर्मराज तिमिल्सेना, भिमसेन श्रेष्ठ, कृष्णबहादुर पण्डित र दुर्गा खनाल चयन भएका छन् ।

About The Author

अन्य समाचारहरु: