Tue. Nov 26th, 2024

गजुरी अस्पतालबाट पक्राउ परेका डाक्टर सक्कली ठहरिए

२४ माघ धादिङ – केन्द्रिय अनुसन्धान ब्यूरोले नक्कली प्रमाणपत्रका आधारमा धादिङको गजुरी बाट पक्राउ गरेका डाक्टर मनोज कुमार शाह सक्कली ठहरिएका छन् । धादिङको गजुरी अस्पतालमा कार्यरत जनरल फिजिसियन शाहको अरु दुईजनासँग नाम मिल्दा पक्राउ परेको ब्युरोले जानकारी दिएको छ ।

नक्कली प्रमाणपत्र पेश गरेको अभियोगमा अन्य दुई जना डा मनोजकुमार साह माथि भने अनुसन्धान जारी रहेको बताइएको छ । प्रहरीका अनुसार नेपाल मेडिकल काउन्सिलमा फर्जी कागजात पेस गरी सोही नामका अरु दुई डाक्टरले विभिन्न अस्पतालमा काम गर्दै आएका छन् ।

८ महिनादेखी गजुरी अस्पतालमा कार्यरत डा साहले पेश गरेका कागजात नक्कली नभएको पुष्टि पछि रिहा गरिएको छ ।

About The Author

अन्य समाचारहरु: