Tue. Nov 26th, 2024

निुशल्क स्वास्थ्य शिविरमा ९ सय ६६ जनाको स्वास्थ्य जाँच

camp२३ माघ, धादिङ – धादिङबेसीमा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला अस्पताल धादिङबेसीमा भएको शिविर क्यान्सर काउन्सिल नेपाल, सेफ द हाट, कुलप्रसाद–चेतकुमारी धमला स्मृति प्रतिष्ठानले संयुक्त आयोजना गरेको हो ।

सेफ द हार्टका अध्यक्ष डां अनिल भट्टराईको नेतृत्वमा आएको २० जनाको विशेषज्ञ टोलीका डाक्टरहरुद्धारा मुटु हाडजोर्नी, क्यान्सर, दम, थाईराइड, स्त्रीरोग, छाला लगायतका रोगहरुको उपचार गरिएको प्रतिष्ठानका अध्यक्ष ऋषि धमलाले जानकारी दिए ।

शिविरमा ९ सय ६६ जनालाई सेवा दिइएको छ । स्वास्थ्य शिविरमा २ सय जना भन्दा बढी मुटु रोगका बिरामीहरुले जाँच गराएका थिए जसमध्ये २० जनाको अप्रेशन गर्नुपर्ने र ८० जनाको ट्रिडमेन्ट गर्नुपर्ने क्यान्सर काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाले जानकारी दिए ।

शिविरमा मध्य धादिङ लगायत भूकम्पका कारण प्रभावित भएर सदरमुकाम धादिङबेसी आसपासका अस्थायी शिविरहरुमा बस्दै आएका भूकम्प पीडितहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

About The Author

अन्य समाचारहरु: