२३ माघ, धादिङ – सुरक्षित आप्रवासन परियोजनाको कार्यक्रम अन्र्तगत सामाजिक शिक्षकहरुलाई वैदेशिक रोजगारी सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ ।
आवाज अभियान नेपाल र हेल्भेटास स्वीस इन्टरकोअप्रेशन नेपालको साझेदारीमा आयोजना गरिएको दुईदिने तालिममा धादिङ जिल्लामा रहेका ५ वटा स्रोतकेन्द्र अन्र्तगतका २४ वटा माध्यमिक विद्यालयका सामाजिक शिक्षक र सोतव्यक्तिहरुको सहभागीता रहेको थियो ।
तालिममा विभिन्न समुदायमा रहेका युवा वर्गलाई सुशुचित र सुचना प्रवाह गर्ने अभियानका विषयमा जानकारी गराइएको थियो । साथै वैदेशिक रोजगारीका बारेमा जानकारी गराइएको छ । कार्यक्रमको उद्देश्य, वैदेशिक रोजगारीको इतिहास, वैदेशिक रोजगारीको समसामयिक विषयवस्तु , सहयोग गर्ने सम्बन्धित निकाय र त्यसको निति नियमको बारेमा छलफल गरिएको थियो । वैदेशिक रोजगारीको कानुनी प्रकृया , खांडी मुलुकको कफाला प्रर्णाली, लगायतका विषयमा छलफल गरिएको छ ।
आवाज अभियान नेपालका अध्यक्ष केशव दुवाडीले, संस्थाले गर्ने काम र कार्यक्रमको उद्देश्यको बारेमा सहभागीलाई जानकारी गराएका थिए । त्यसैगरि प्रवासी नेपाली समन्वय समिति काठमाण्डौका महासचिव सोम प्रसाद लामिछानेले वैदेशिक रोजगारीले भित्राएको विप्पेशणले नेपालमा पारेको प्रभाव, वैदेशिक रोजगारीले परिवार, छिमेक र समाजमा पु¥याएको फाइदा र बेफाइदा , विदेशमा समस्या परेमा नेपाल फर्कन गर्नु पर्ने प्रकृया, वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने निकायहरुको भुमिका लगायत निति नियमको विषयमा छलफल गराएका थिए ।
तालिमको शनिबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।