Fri. Mar 14th, 2025

ताइवानमा शक्तिशाली भूकम्प, तीनको मृत्यु, ठूला भवनहरु भत्किए –

 

twain5२३ माघ  काठमाडौं- ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिणी ताइवान केन्द्रविन्दु भएको ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्पबाट केही भवनहरु भत्किएको तथा तीन जनाको मृत्यु भएको खबर आएको छ ।

अरु केही मानिसको मृत्यु भएको आशंका गरिएको छ भने केही घाइते भएका छन् । क्षतिको थप विवरण भने आएको छैन ।

टाइनान शहरको एउटा अपार्टमेन्ट भत्किएको विभिन्न समाचार संस्थाले जनाएका छन् । त्यहाँ फसेका सयौं व्यक्तिको उद्दार गरिएको छ ।

उद्दारकर्मीहरु उद्दारमा जुटेका छन् । यसअघि सन् १९९९ को सेप्टेम्बरमा गएको ७ दशमलव ६ म्याग्नेच्यूडको भूकम्पबाट ताइवानमा २४ सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो ।

About The Author

अन्य समाचारहरु: