Fri. Mar 14th, 2025

डेनमार्कबाट बाच्छी मात्रै जन्मने वीर्य ल्याउन सम्झौता

denmark २२ माघ, काठमाडौं –  पशुपंक्षी विकास मन्त्रालयले आगममी ३ बर्षभित्र दूधमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्न डेनमार्कमा उच्च नश्लका गोरुका वीर्य खरिद सम्झौता गरेको छ ।

कृत्रिम गर्भाधानमार्फत त्यहाँका गोरुका वीर्यबाट बाली लागेको गाईले ९० प्रतिशत बाच्छी जन्माउने र त्यस्ता बाच्छीको दूध दिने क्षमता धेरै हुने मन्त्रालयले जनाएको  छ ।

१२ माघमा डेनमार्कबाट बाच्छी धेरै जन्माउन सक्ने वीर्य खरिदको लागि सम्झौता भएको हो । त्यहाँबाट ८ हजार डोज वीर्यलाई नेपाल ल्याउन लागिएको छ । नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: