२० माघ ,काठमाडौं – खस्कँदो अर्थतन्त्र, असुरक्षालगायत कारण देखाउँदै मलेसियामा कार्यरत लाखौं नेपाली स्वदेश फर्कन आतुर देखिएका छन् ।
रोजाइको श्रम गन्तव्य मलेसियाबाट करिब ३ लाख नेपालीले स्वदेश फर्कने व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका हुन् ।
यति ठूलो संख्यमा एकैोटि स्वदेश फर्किंदा रेमिटेन्स आप्रवाहमा पर्ने असरले नेपाली अर्थतन्त्रमै गम्भीर धक्का लाग्ने अर्थविद बताउँछन् ।
करिब ४१ लाख कामदार श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेकामा दैनिक एक अर्ब ८० करोडद रेमिट्यान्स नेपाल भित्रिने गरेको राष्ट्र बैंकको तथ्यांक छ । त्यस्ता एक सय नौ मुलुकमध्ये मलेसियाबाट मात्र नेपालमा कुल रेमिट्यान्सको एकतिहाइ भित्रिन्छ ।